एक महिनामै थपियो ९१५ विद्युतीय गाडी, बढ्न थाल्यो आयात

<p>काठमाडौं । जेठ महिनामा मात्रै ९ सय १५ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांक अनुसार विद्युतीय गाडीको आयातमा बृद्धि भएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्नुअगाडी उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । जेठ १४ गतेसम्म विभिन्न भन्सार नाका [&hellip;]</p>

काठमाडौं । जेठ महिनामा मात्रै ९ सय १५ वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांक अनुसार विद्युतीय गाडीको आयातमा बृद्धि भएको हो ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्नुअगाडी उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । जेठ १४ गतेसम्म विभिन्न भन्सार नाका हुँदै ८८३ वटा विद्युतीय गाडी नेपाल आएको थियो । जेठ १५ गतेपछि भने ३२ वटा मात्रै गाडी भित्रिएको तथ्यांकले देखाउँछ ।

गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा बृद्धि हुन थालेको छ ।
विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अबधिमा झन्डे ४ हजार वटा विद्युतीय गाडीको आयात भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको ११ महिना (गत साउनदेखि जेठ मसान्तसम्मको) को अबधिमा ३ हजार ८७० विद्युतीय गाडी नेपाल भित्रिएको हो ।

विभागको तथ्यांक अनुसार ११ महिनाको अबधिमा सबैभन्दा धेरै विद्युतीय गाडीहरु भारतबाट भित्रिएका छन् । भारतबाट १ सय किलोवाटका २ हजार १७९ वटा गाडी नेपाल भित्रिएका हुन ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट १०० किलोवाट क्षमताका एक हजार २२१, दक्षिण कोरियाबाट ३४० किलोवाट क्षमताको २४० र इन्डोनोसियाबाट ११ वटा गाडी नेपाल भित्रिएका छन् ।

यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ३५ वटा, चीनबाट ४३, युकेबाट २ वटा विद्युतीग गाडीहरु नेपाल भित्रिएका हुन ।
यस्तै, चीनबाट २०० देखि ३०० किलोवाट क्षमताका ५ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन । भारतबाट ५१ देखि १ सय किलोवाट क्षमताका २६, युकेबाट १०१ देखि २०० किलोवाट क्षमताका ५ वटा र युकेबाटै २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

पछिल्लो समय भारबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

गत बैशाख महिनासम्म २ हजार ९५५ वटा विद्युतीय गाडी भित्रिएको थियो ।

सवा ११ अर्बका गाडी भित्रिए

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा सवा ११ अर्ब बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार जेठ मसान्तसम्म ३ हजार ८७० वटा विद्युतीय गाडी नेपाल भित्रदा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको गाडी भित्रिएका हुन ।

उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ५ करोड ११ लाख ८२ हजार रुपैयाँ बराबर राजश्व संकलन भएको छ ।

Share News