साइमेक्स इंकले ल्यायो फरेस्ट ग्रिन रंगमा बिवाइडी अट्टो थ्री

<p>काठमाडौं । बिवाइडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले फरेस्ट ग्रिन रंगमा बिवाइडी अट्टो थ्री ल्याएको छ । यो संस्करण एक सय संख्यामा मात्रै उपलब्ध हुने र यसको मूल्य ६६ लाख ८८ हजार पर्ने कम्पनीले जनाएको छ । अट्टो थ्रीको फरेस्ट ग्रिन संस्करणमा एक सय किलोवाट मोटर र बलियो ६०.४८ किलोवाट ब्याट्री [&hellip;]</p>

काठमाडौं । बिवाइडी अटो इन्डस्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले फरेस्ट ग्रिन रंगमा बिवाइडी अट्टो थ्री ल्याएको छ । यो संस्करण एक सय संख्यामा मात्रै उपलब्ध हुने र यसको मूल्य ६६ लाख ८८ हजार पर्ने कम्पनीले जनाएको छ ।

अट्टो थ्रीको फरेस्ट ग्रिन संस्करणमा एक सय किलोवाट मोटर र बलियो ६०.४८ किलोवाट ब्याट्री प्याक सहित सुपीरियर ट्रिममा उपलब्ध रहेको र एकपटकको चार्जपछि ४२० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

ग्रिन फरेस्ट रंगमा बिवाइडी अट्टो थ्री लिन चाहने ग्राहकले कम्पनीको आधिकारिक डिलरबाट बुक गर्नसक्ने कम्पनीले जनाएको छ ।

Share News