प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द हुने भएको छ । मर्जर प्रकृयामा रहेका यी दुई इन्स्योरेन्सको सेवा असार २९ गते शुक्रबारदेखि असार ३१ गतेसम्म बन्द हुने भएको हो । यी दुई कम्पनीले शुक्रबारदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गर्दै छन् । सो प्रयोजनको लागि [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवा तीन दिन बन्द हुने भएको छ । मर्जर प्रकृयामा रहेका यी दुई इन्स्योरेन्सको सेवा असार २९ गते शुक्रबारदेखि असार ३१ गतेसम्म बन्द हुने भएको हो ।

यी दुई कम्पनीले शुक्रबारदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गर्दै छन् । सो प्रयोजनको लागि दुबै कम्पनीको सम्पूर्ण हरहिसाव र तथ्यांकलाई एकल इन्स्योरेन्स सफ्टवेयरमा समायोजन तथा साल तमामी गर्नको लागि कम्पनीको सम्पूर्ण बीमा सेवा, कारोबार तथा अन्य सेवा तीन दिन सेवा बन्द हुन लागेको हो ।

Share News