प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्दै नेप्सेले सोध्यो तीन दिने स्पष्टिकरण

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले इन्स्योरेन्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । इन्स्योरेन्सको साउन ३ गते बसेको बैठकले चुक्ता पुँजीको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले इन्स्योरेन्ससँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।

इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने निर्णय नेप्सेलाई ढिला जानकारी गराएको भन्दै नेप्सेले कारवाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो ।

इन्स्योरेन्सको साउन ३ गते बसेको बैठकले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । जसको जानकारी नेप्सेलाई साउन ४ गते मात्रै उपलब्ध गराएको नेप्सेले जनाएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर प्रभु इन्स्योरेन्सले त्यसको विपरित काम गरेको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो ।

साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।

यससँगै इन्स्योरेन्सले साउन ९ गते मंगलबारभित्रमा नेप्सेलाई स्पष्टिकरण दिइसक्नु पर्ने हुन्छ ।

Share News