काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।