काठमाडौं । ‘शिफ्टिङ द पाराडाइम २०८०/८१’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने बार्षिक सम्मेलन एनुअल बिजनेश लिडर्स कन्क्लेभ, पोखरा स्थित होटल बाराहीमा सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा उक्त सम्मेलन आयोजना गरिएको हो ।
आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ ।