मारुती कारले दुई गाडीमा हाइब्रिड भेरियन्ट ल्याउँदै

<p>काठमाडौं । मारुती सुजुकीले आफ्ना दुई गाडीमा छिट्टै नै हाइब्रिड भेरियन्ट ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक र सेडान कारलाई हाइब्रिड बनाउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक कार स्वीफ्ट र सेडान कारमा हाइब्रिड भेरियन्ट डिजाइन थपेर छिट्टै नै भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ । यी कारको अहिलेको [&hellip;]</p>

काठमाडौं । मारुती सुजुकीले आफ्ना दुई गाडीमा छिट्टै नै हाइब्रिड भेरियन्ट ल्याउने भएको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक र सेडान कारलाई हाइब्रिड बनाउने भएको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले ह्याचब्याक कार स्वीफ्ट र सेडान कारमा हाइब्रिड भेरियन्ट डिजाइन थपेर छिट्टै नै भारतीय बजारमा लन्च गर्ने तयारी गरेको छ । यी कारको अहिलेको डिजाइनमा समेत परिवर्तन हुनसक्ने र कम्पनीले यी कारको फेसलिफ्ट डिजाइन ल्याउन सक्नेछ ।

हाइब्रिड भेरियन्टले ग्राहकलाई धेरै फाइदा पुग्न सक्ने साथै एक लिटर पेट्रोलमा ३५ किलोमिटरसम्म चलाउन सकिने छ । कम्पनीले बलियो हाइब्रिडसँगै माइल्ड हाइब्रिड समेत दिनसक्ने जनाइएको छ । एजेन्सीको सहयोगमा ।

Share News