
काठमाडौं । टोयोटाले पाइलट प्रोजेक्ट स्वरुप हाइड्रोजन पावर सहितको मिराई कार ल्याएको छ । जापानी अटोमोबाइल कम्पनी टायोटाले इन्डोनेसिया आटो शो २०२३ मा फ्लेक्स फ्युल सहितको टोयोटा फच्र्युनर प्रस्तुत गरेको छ । यसलाई एसयुवीको २.७ लिटर एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिनको साथमा प्रस्तुत गरिएको छ ।
यसलाई शतप्रतिशत रुपमा बायोइथानोलमार्फत सञ्चालन गर्नको लागि फ्लेक्स इन्धनको लागि इन्जिनमा केही परिवर्तन गरिएको छ, जुन यसको फ्युल सिस्टम र इसियुमा प्रोग्रामिमार्फत गरिएको छ ।
यसको फ्लेक्स फ्युलको विषयमा कुरा गर्दा पेट्रोल भर्सनको तुलनामा केही कम पर्फमेन्स गर्न सक्छ । फ्लेक्स फ्युलमा इन्जिनले १६३ एचपी अधिकतम पावर र २४३ एनएम पीक टर्क जेनेरेट गर्छ भने पेट्रोलमा १६६ एचपी पावर र २४५ एनएम पीक टर्क जेनेरेट गर्छ।
यसमा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ, जसले पावरलाई रियर व्हिलमा सप्लाई गर्ने काम गर्र्छ । यसका साथै कम्पनीले हाइड्रोजनमा चल्ने गरी डिजाइन गरिएको कोरोला क्रस इ–१०० र कोरोला एचटु पनि सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा ।