काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा २२.२७ प्रतिशत बढेको हो ।
गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १४.९५ प्रतिशत बढेर १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड २८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ, जगेडा कोष ११६ प्रतिशत बढेर ९१ करोड ३२ लाख रुपैयाँ र बीमा कोष ९० प्रतिशत बढेर २ अर्ब २८ करोड ३३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २९.३६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ पैसा छ भने मूल्य आम्दानी अनुपात २५.४८ गुणा रहेको छ ।