सानिमा जिआईसीको नाफामा ९३ प्रतिशत छलाङ, अन्य सूचकमा उत्साहजनक प्रगति

<p>काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३.३६ प्रतिशत बढी नाफा गरेको हो । गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन [&hellip;]</p>

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २८ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ९३.३६ प्रतिशत बढी नाफा गरेको हो ।

गत असारसम्म कम्पनीको बीमा शुल्क आर्जन १२६.४७ प्रतिशत बढेर ६२ करोड ८८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब रुपैयाँ, जगेडा कोष ११७.५९ प्रतिशत बढेर ३२ करोड ९४ लाख रुपैयाँ र बीमा कोष १५९.६० प्रतिशत बढेर ४२ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३९.६५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.३९ गुणा रहेको छ ।

Share News