९ लाख ६० हजारले पाए रिलायबल लाइफको १० कित्ता सेयर, कसरी हेर्ने रिजल्ट ?

<p>काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओको बुधबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ जना आवदेकले आवेदन दिएका थिए । [&hellip;]</p>

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि साउन २६ गतेसम्म निष्काशन गरेको आईपीओको बुधबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ९ लाख ६० हजार जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार उक्त आईपीओमा कुल १३ लाख ६४ हजार ३५३ जना आवदेकले आवेदन दिएका थिए ।

उक्त आईपीओमा कुल एक करोड ६० लाख ५४ हजार १६० कित्ता बराबर एक अर्ब ६० करोड ५४ हजार १६० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ५९ लाख ३० हजार १० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ । बाँकी १७ हजार ६८० कित्ता सेयरको आवेदन रद्द भएको छ ।

इन्स्योरेन्सले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेको थियो ।

अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारी र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका थिए । कर्मचारीले भने प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न पाएका थिए ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

यसरी हेर्न सकिन्छ रिजल्ट

उक्त आईपीओको रिजल्ट सिभिल क्यापिटल मार्केटको वेवसाइट र सिडिएससिको वेवसाइट आईपीओ रिजल्ड सिडिएससीबाट हेर्न सकिने छ ।

Share News