गाडीका शोरूमहरू बन्द हुने अवस्थामा पुगे, हजारौंले रोजगार गुमाउने छन् : महासचिव उप्रेती

<p>काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सवारी साधन अर्थात गाडीहरुका शोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी  (जाम नेपाल) को दोश्रो वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । &#8216;गाडीको शारूमहरू बन्द हुने अवस्थामा छन्, शोरूम बन्द हुँदा हजारौंले रोजगार गुमाउने छन्,&#8217; उनले [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सवारी साधन अर्थात गाडीहरुका शोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी  (जाम नेपाल) को दोश्रो वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘गाडीको शारूमहरू बन्द हुने अवस्थामा छन्, शोरूम बन्द हुँदा हजारौंले रोजगार गुमाउने छन्,’ उनले भने ।

यातायात क्षेत्रलाई चलायामान बनाउन कठिन भएको बताउँदै उनले सरकारले ल्याएको जोखिम भारले बैंकहरुले गाडीमा लगानी नगरेको बताए ।

‘सरकारको खराब नीतिले व्यवसाय धरापमा हुँदै गएको छ, यातायात क्षेत्र चलायमान भएको छैन, सरकारले व्यवसायीलाई निरूत्साहित गर्ने काम गरेको छ, सरकारले ल्याको विभिन्न नीतिले गाडी व्यापारमा धक्का लागेको छ,’ उनले भने ।

साथै, उनले अटो व्यवसाय सुधारको निमित्त सबै मिलेर लाग्नु पर्ने समेत बताए ।

Share News