जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

<p>काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको दोश्रो वार्षिक साधारण सभाले पत्रकार गजुरेललाई जामको अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा सुरेन्द्र पौडेल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त [&hellip;]</p>

काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको दोश्रो वार्षिक साधारण सभाले पत्रकार गजुरेललाई जामको अध्यक्षमा चयन गरेको हो ।

उनको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ ।

त्यस्तै, उपाध्यक्षमा सुरेन्द्र पौडेल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त अर्याल निर्वाचित भएका छन् ।

यता सदस्यमा ७ जना चयन भएका छन् । जसमा सौरभ नेपाल, युवराज बस्नेत, उज्वल घिमिरे, रोशन श्रेष्ठ, शुक्र गिरी, सुधिर भण्डारी र अरिष्मा लामा रहेका छन् ।

Share News