नेपाल भित्रियो अउडीका ईभी गाडी, मूल्य डेढ करोड

<p>काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ । जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो । पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस [&hellip;]</p>

काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ ।

जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो ।

पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए ।

उक्त विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान छ भने मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको सीईओ श्रेष्ठको भनाइ छ ।

अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको पनि श्रेष्ठले जानकारी दिए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए ।

यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ ।
कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ ।
‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने ।

काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताइएको छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिसकेको छ ।

Share News