बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा

<p>काठमाडौं । बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको छ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आइतबार टेकु स्थित शोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्पर विजेता घोषणा गरिएको छ । धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट एसेस १२५ सीसी बि–६ स्कुटर [&hellip;]</p>

काठमाडौं । बाडौँ खुसी चढाैं सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा गरिएको छ ।

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले आइतबार टेकु स्थित शोरुममा गरिएको फेसबुक लाइभ मार्फत पहिलो बम्पर विजेता घोषणा गरिएको छ ।

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेस बाट एसेस १२५ सीसी बि–६ स्कुटर खरिद गरेका थिए । यस योजना लागू भएदेखी प्रत्येक १५ दिनमा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्की ड्र मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्पर मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । कम्पनीले रिजाललाई बधाई ज्ञापन गरेको छ ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाडौ खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाउनेछन् । १० हजार पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्राहकले १० हजार थप मूल्याङ्गकन प्राप्त गर्न सक्नेछन् । अथवा शुन्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष निःशुल्क सडक कर पाइने कम्पनीले जनाएको छ ।

यो स्किम अन्तर्गत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Share News