काठमााडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंकबीच सम्झौता भएको छ ।
नविल बैंकले इलेक्ट्रिक स्कुटर किन्न क्रेडिट कार्डमार्फत कर्जा सुविधा दिने भएको छ । बैंकले ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिसँग सहकार्य गर्दै एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत कर्जा सुविधा सुनिश्चित गरेको हो ।
ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र नबिल बैंक बिच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् । जस अन्तर्गत कुनै पनी ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर क्रेडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्ने कम्पनीले जनाएको छ ।
एफडी मोटर्सले हाल दुईवटा मोडेलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । एफ फाइबको मूल्य २ लाख ६१ हजार ९९९ रुपैयाँ छ भने एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ । ग्रन्थ ईभीले चाँडै एफ फाइब प्रो र एफ फाइब ए प्रो पनि बजारमा ल्याउन लागेको जनाएको छ ।