सेरेसको नयाँ शोरुम थसिखेलमा, घरको वातावरण गाडीमा

<p>काठमाडौं । सिल्भर मुन मोटर्सले सेरेसका कारहरू बिक्री गर्नका लागि ललितपुरको थसिखेलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार नयाँ शोरुमको उद्घाटन गरेको हो । शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी तथा सेरेसका चिनियाँ प्रतिनिधिहरूको उपस्थिति थियो । शोरुमको [&hellip;]</p>

काठमाडौं । सिल्भर मुन मोटर्सले सेरेसका कारहरू बिक्री गर्नका लागि ललितपुरको थसिखेलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले बिहीबार नयाँ शोरुमको उद्घाटन गरेको हो ।

शोरुम उद्घाटनमा एमएडब्लु ग्रुपका प्रबन्धक निर्देशक विष्णुकुमार अग्रवाल र सिल्भर मुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी तथा सेरेसका चिनियाँ प्रतिनिधिहरूको उपस्थिति थियो ।

शोरुमको उद्घाटनका क्रममा प्रबन्धक निर्देशक अग्रवालले सेरेसका कारहरू आधुनिक प्रविधिका रहेको बताउँदै आकर्षक डिजाइनको भएकाले धेरैको रोजाइमा पर्न सफल भएको पनि बताए । ‘सेरेसका कारहरू घरको वातावरण गाडीमा दिन खोजिएको छ, आधुनिक प्रविधिबाट तयार यी गाडी रोबटबाट पनि निर्मित छन्,’ उनले भने ।

कम्पनीले नयाँ शोरुममा सेरेस ३ र मिनी इभीलाई राखेको छ । यही शोरुमबाट दुवै मोडलका गाडी लन्च पनि गरिएको छ ।

Share News