ब्राजिलमा बीवाईडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार

<p>काठमाडौं । बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामानै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ।बीवाईडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ। कम्पनीका अनुसार बीवाईडीले २०२३ [&hellip;]</p>

काठमाडौं । बीवाईडी डल्फिन ब्राजिलमा सबैभन्दा बढी पुरस्कृत हुने विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामानै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरु प्राप्त गरेको छ।बीवाईडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ।

कम्पनीका अनुसार बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजार भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीहरुमा विद्युतीय सवारीसाधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।

सम्पूर्ण विद्युतीय कारहरुको दाँजोमा, बीवाईडी डल्फिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मुल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बीवाईडी डल्फिनले पुष्टि गरेको छ।

बीवाईडीका अध्यक्ष टाइलर लि भन्छन्, ‘बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम९चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो ।’

नोभेम्बर देखि डिसेम्बर सम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ। बीवाईडी डल्फिनले अटो ईस्पोर्ट म्यागजिनबाट २०२४ कार अफ द इयर, यूओएल कारोस अवार्ड अन्तर्गत हाइलाइट अफ द इयर इलेक्ट्रिक कार, ट्रेन्ड कार २०२३, पर्चेस अफ द इयर २०२४ लगायतका विभिन्न पुरस्कार प्राप्त गरेको छ ।

सेप्टेम्बर देखि नै बीवाईडी डल्फिन सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। र यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्युतीकरणप्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।

Share News