प्रचण्डले राजनीतिक बेइमानी गरे : नेपाली कांग्रेस

<p>काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आफूहरुले गठबन्धनको संस्कृतिअनुसार इमान्दारिता निभाएको तर माओवादीले भने राजनीतिक बेइमानी गरेको आरोप लगाएको हो । ‘हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनमा रहँदा हाम्रा बीचमा भएका सहमतिहरुलाई अक्षरसः पालना गरेर हामी प्रतिबद्ध रह्यौं [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आफूहरुले गठबन्धनको संस्कृतिअनुसार इमान्दारिता निभाएको तर माओवादीले भने राजनीतिक बेइमानी गरेको आरोप लगाएको हो ।

‘हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनमा रहँदा हाम्रा बीचमा भएका सहमतिहरुलाई अक्षरसः पालना गरेर हामी प्रतिबद्ध रह्यौं र तदनुरुप हामीले काम गर्यौं’, उनले भने, ‘तर, पछिल्लो समयमा गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माननीय पुष्पकमल दाहालजीले गठबन्धनलाई हामीलाई विश्वासघात गर्नुभो र गठबन्धन भत्काउनुभो ।’

लेखकले प्रचण्डले बाहिर गठबन्धन भत्कनुको कारणबारे भनेका कुराहरु तथाकथित र काल्पनिक भएको भनेर पनि आरोप लगाएका छन् ।

Share News