
काठमाडौं । नेपाल सरकारले गरिब परिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरिब तथा विपन्न परिवारको नि:शुल्क बीमा गर्ने बताएका हुन् ।
साथै, सरकारले गरिब परिवारलाई नि:शुल्क विद्युतीय चुलो वितरण गर्ने राष्ट्रपति पौडेलले बताए ।