र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा दीपक साहले नेपालको प्रतिनिधित्व गर्ने

<p>काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्&#x200d;याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् । उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्न लागेकाे रोयल इन्फिल्ड नेपालले जनाएकाे छ । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट प्रतियाेगिता चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको [&hellip;]</p>

काठमाडौं । राइडर दीपककुमार साहले असोज १६ गतेदेखि २० गतेसम्म (२ अक्टोबर – ६ अक्टोबर) भारतमा आयोजना हुने र्‍याली अफ हिमालयजको चौंथो संस्करणमा भाग लिने भएका छन् ।

उनले रोयल इन्फिल्ड हिमालयन चलाएर नेपालको प्रतिनिधित्व गर्न लागेकाे रोयल इन्फिल्ड नेपालले जनाएकाे छ ।

यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट प्रतियाेगिता चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

र्‍याली अफ हिमालयजमा राइडर साहले रोयल इन्फिल्ड हिमालयन ४११ चलाउनेछन् ।

र्‍याली अफ हिमालयाज एउटा अन्तर्राष्ट्रिय प्रतियाेगिता हो, जसले संसारभरका शीर्ष राइडरहरूलाई आकर्षित गर्दै आइरहेकाे छ ।प्रतियाेगिताले शारीरिक र मानसिक सहनशीलताको कठिन परीक्षण गर्ने रोयल इन्फिल्ड नेपालले जनाएकाे छ ।

दीपक साहले नेपालको प्रतिनिधित्व गर्न पाउँदा सम्मानित महसुस गरेको बताए। साहले सन् २०१७ र २०१८ मा समेत रेड द हिमालयाजमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड द हिमालयाज र र्‍याली अफ चाम्बाको विजयीसमेत बनेका थिए ।

रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू–भागका लागि उपयुक्त सवारी हो ।

Share News