एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प भोलिदेखि सुरु, लिपमोटर सी टेनको अनुभव लिन पाइने

<p>विराटनगर । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प बुधबारदेखि शुभारम्भ हुने भएको छ । क्याम्प माघ १९ सम्म विराटनगरको कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुन लागेको हो । यस क्याम्पमा ग्राहकहरूले लिपमोटर सी टेन र सिट्रोन ई सी थ्री जस्ता विद्युतीय सवारीसाधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र [&hellip;]</p>

विराटनगर । सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प बुधबारदेखि शुभारम्भ हुने भएको छ ।

क्याम्प माघ १९ सम्म विराटनगरको कञ्चनजङ्घा बैंक्वेटमा आयोजना हुन लागेको हो ।

यस क्याम्पमा ग्राहकहरूले लिपमोटर सी टेन र सिट्रोन ई सी थ्री जस्ता विद्युतीय सवारीसाधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउने आयोजकले जनाएको छ ।

लिपमोटर सी टेन एक नयाँ पिढीको ईभी हो जसले स्लीक डिजाइनलाई शक्तिशाली प्रदर्शनसँग मिलाएर उत्कृष्ट ड्राइभि अनुभव प्रदान गर्दछ ।

यस्तै, सिट्रोन ई सी थ्री सहरी गतिशीलतामा नवीनतम विकास हो जसले कार्यकुशलता, स्टायल र आरामलाई एकत्रित गरेको छ ।

यी दुवै सवारीसाधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ ।

यस क्याम्पले विराटनगरका ग्राहकहरूलाई विद्युतीय सवारी साधनहरूको नवीनतम प्रविधि अन्वेषण गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो सम्झौताहरूको फाइदा उठाउने अवसर प्रदान गर्ने जनाइएको छ ।

सांग्रिला मोटर्स प्रालि प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य हो, जसले गुणस्तरीय अटोमोबाइल उत्पादन र सेवाहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धताका लागि परिचित छ।

यसैगरी, श्रीजा अटोमोबाइल्स प्रालि सांग्रिला मोटर्स प्रालिको अधिकृत वितरक हो ।  सांग्रिला यस क्षेत्रका ग्राहकहरूको सन्तुष्टि र उच्चस्तरीय सेवामा ध्यान केन्द्रित गर्दै नवीनतम अटोमोबाइल प्रविधिहरू ल्याउनेमा समर्पित छ ।

Share News