काठमाडौं । याडियाको नयाँ विद्युतीय स्कुटर नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि याडिया ब्राण्डको आयात तथा बिक्रीकर्ता कुजु नेपालले बिहीबार ईपोक विद्युतीय स्कुटर सार्वजनिक गरेको हो ।
उक्त ईभी स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । उक्त ईपोक ईभी स्कुटर नेपाली उपभोक्ताका लागि आधुनिक, आकर्षक र वातावरणमैत्री इलेक्ट्रिक मोबिलिटीको नयाँ विकल्प भएको कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार ईपोक ईभी आधुनिक सहरी यात्रुको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो ।
सो स्कुटरमा ३ हजार वाट टीटीएफएआर ह्वील हब मोटर जडान गरिएको छ । यसैगरी, १५० एनएम टर्क रहेको छ जसले उकालाेसहित सहरी सडकमा राम्रो पफर्मेन्स दिन्छ । यो स्कुटर १६ डिग्रीसम्मको ढलान चढ्न सक्षम रहेकाले नेपालका सडकहरूको लागि उपयुक्त स्कुटर भएको कम्पनीले जनाएको छ ।
१२ डिग्रीको उकालोमा ३० मिनेटसम्म लगातार चलाउन सकिने गरी डिजाइन गरिएको छ, जसले यसको मोटर प्रदर्शनमा कुनै असर नगरी उत्कृष्ट टिकाउपन (दीर्घकालीन भरपर्दो क्षमता र पावर, चुनौतीपूर्ण अवस्थाहरू)मा पनि स्थिर प्रदर्शन दिने कम्पनीको दाबी छ।
एक पटकको चार्जमा १५० किमीसम्मको यात्रा गर्न सकिने उक्त स्कुटर आरामदायक डिजाइन गरिएको छ ।
१७० मिमी ग्राउण्ड क्लियरेन्स रहेको सो स्कुटरमा अगाडिको र पछाडिको डिस्क ब्रेकहरू रहेको छ । कम्पनीले सो स्कुटरको ब्याट्री र मोटरमा २ वर्ष वा २० किलोमिटर वारेन्टी प्रदान गरेको छ ।
याडियाले लगातार ७ वर्षसम्म विश्वकै नम्बर १ इलेक्ट्रिक स्कुटर ब्रान्डको उपाधि पाएको छ। यसले १० करोडभन्दा बढी युनिटहरू बिक्री गरिसकेको छ र १०० भन्दा बढी देशहरूमा उपस्थिति रहेको छ।
याडिया ईपोक अब नेपालभरका आधिकारिक डिलरशिपहरूमा विभिन्न रंगहरूमा पलब्ध भइसकेको कम्पनीका निर्देशक उमिद श्रेष्ठले जानकारी दिए । देशभर १५ डिलरशिपहरूको सञ्जाल र २०२५ को अन्त्यसम्म १० थप डिलरशिपहरू थप्ने योजनासहित कम्पनीले नेपालको विद्युतीय मोबिलिटी क्रान्तिमा योगदान दिने लक्ष्य राखेको उनको भनाइ छ ।