संसद बैठक बंक गरेर विदेश भ्रमणमा सांसद, फरार सहकारी ठगले पनि बिरामी भन्दै लिन्छन् सुविधा

<p>काठमाडौं । निर्वाचन जिते पनि जनताको मतको सम्मान नगरेर व्यक्तिगत रजगजमा रमाउनु नेपाली सांसदहरूको पुरानै रोग हो । सकेसम्म आफ्नो जिम्लामै रमाउने, पार्टीको कार्यक्रममै व्यस्त हुने, विदेश भ्रमण गर्ने केही काम नभए पनि बिरामी भएँ भनेर संसदलाई जानकारी गराएर घरमै बस्नु अधिकांश सांसदहरूको संस्कार बनिसक्यो । पछिल्लो समय संसद बैंठक बंक गरेर विदेश घुम्न जाने [&hellip;]</p>

काठमाडौं । निर्वाचन जिते पनि जनताको मतको सम्मान नगरेर व्यक्तिगत रजगजमा रमाउनु नेपाली सांसदहरूको पुरानै रोग हो । सकेसम्म आफ्नो जिम्लामै रमाउने, पार्टीको कार्यक्रममै व्यस्त हुने, विदेश भ्रमण गर्ने केही काम नभए पनि बिरामी भएँ भनेर संसदलाई जानकारी गराएर घरमै बस्नु अधिकांश सांसदहरूको संस्कार बनिसक्यो ।

पछिल्लो समय संसद बैंठक बंक गरेर विदेश घुम्न जाने सांसदहरूको संख्या पनि बढ्दै गएको छ । मंगलबारमात्रै प्रतिनिधिसभा संसदका सभामुख देवराज घिमिरेले ७ जना सांसद बैठममा लामो समयदेखि अनुपस्थित रहेको सूचना सुनाए । उनले उनीहरू बैठकमा नआउनुको जानकारी संसद बैठकलाई गराउँदै अनुपस्थित भएको सूचना पारित गराए ।

उसो त बैठमा नबसे पनि भत्ताकै लागि एक छिन उपस्थित हुने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति पनि संसदका लागि हानिकारक बनिरहेको छ । एउटा बैठकमा उपस्थित भएवापत गाडी भाडासहित सांसदले दुई हजार रुपैयाँ पाउने व्यवस्था भएअनुसार सो दुई हजार रुपैयाँ असुल्न पनि कतिपय सांसद बैठकमा एकछिन उपस्थित भएर टाप कस्ने गरेको संसद सचिवालयको धारणा छ ।

मंगलबार पनि सभामुख घिमिरेले संसद बैठक बंग गरेर विदेश भ्रमण गरिरहेका, देशमै भएर पनि बैठक छलिरहेका र स्वास्थ्य उपचार गरिरहेका सांसदहरूको सूची सार्वजनिक गरे । उनीहरू संसद बैठकमा उपस्थित नभए पनि तलब भने पाउने गर्छन् ।

संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइराला सांसदहरू जति बैठकमा अनुपस्थित भए पनि तलब भने पाउने व्यवस्था रहेको बताउँछन् । उनका अनुसार बैठकमा अनुपस्थित भएपछि बैठक भत्तावापतको दुई हजार रुपैयाँ भने उनीहरूले पाउँदैनन् ।

‘मासिक तलब आए पनि नआए पनि नियमित हुन्छ । तर, लेखाले बैठकमा उपस्थित भएको हाजिरी प्रमाणित गरेपछि मात्रै बैठक भत्ता दिने अभ्यास छ, त्यसैले पनि बैठकमा हाजिरी नगरेका सांसदहरूले बैठक तगा ट्याक्सी भत्ता पाउनु हुन्न,’ उनले भने ।

१. लीलादेवी बोखिम

२०८१ फागुन २२ देखि चैत १९ गतेसम्मका लागि बिदा माग गरेको जानकारी गराइएको छ । उनी १४ पटक बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी पारिवारिक कारणले बेलायतमा गएको जानकारी सभामुख घिमिरेले गरेका छन् ।

लीलादेवी बोखिम ।

ताप्लेजङ घर भएकी उनी नेपाली कांग्रेसकी सांसद हुन् । उनी २०७९ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन् ।

२. सरस्वती बजिमय

सांसद सरस्वती बजिमय पनि संसद बैठक छलेर अहिले विदेश भ्रमणमा छिन् । उनी फागुन २८ गतेदेखि चैत १९ गतेसम्म १ज्ञ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराइएको छ ।

उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् । बजिमय दोस्रो पटक समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा पनि सांसद बनेकी थिइन् । उनले आफ्नो व्यक्तिगत कारणले विदेश भ्रमणमा रहेको जानकारी संसदलाई गराएकी छन् ।सरस्वती बजिमय ।

३. रमेश रिजाल

नेपाली कांग्रेसका नेता सांसद रमेश रिजालले पनि संसद बैठकलाई बंक गरेर विदेश भ्रमणमा छन् । उनी १२ पटक बैठकमा अनुपस्थित भएको जानकारी गरिएको छ । उनी यसअघि मन्त्री पनि भइसकेका छन् । पर्सा क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । उनी फागुन २५ गतेदेखि चैत १९ गतेसम्म बैठकमा अनुपस्थित रहेको बताइएको छ । उनी यसअघि उद्याेगमन्त्री थिए ।

रमेश रिजाल ।

जो नेपालमै छन्, बैठकमा आउँदैनन्

४. शेरबहादुर देउवा

शेरबहादुर देउवा ।

नेपाली काँग्रेसका सभापति समेत रहेका सांसद शेरबहादुर देउवा पनि ११ वटा बैठकमा अनुपस्थित भएको बताइएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी संसद बैठकमै बस्न नरुचाउने नेताका रुपमा चिनिन्छन् । डडेल्धुराबाट निर्वाचित उनले पार्टीको कामको व्यस्तताले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका छन् ।

५. मनोरमा शेरचन

मनोरमा शेरचन ।

सांसद मनोरमा शेरचन पनि बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी २७ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ ।

उनको शारिरीक समस्या रहेकोले हाल थेरापी चलिरहेकोले बैठकमा उपस्थित हुन नसकेको सभामुले घिमिरेले जानकारी दिएका छन् । उनी नेपाली कांग्रेसलाई प्रतिनिधितव गर्दै आदिवासी जनजातिबाट समानुपाति सांसद बनेकी हुन् ।

६. गीता बस्नेत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत पनि २७ वटा संसद बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । हाल सहकारी ठगीमा फरार रहे पनि संसद्‍मा भने उनले स्वास्थ्य उपचारमा रहेको सूचना पठाएकी छन् ।

गीता बस्नेत ।

सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बैठकमा अनुपस्थित रहेको जानकारी दिए । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत यसअघि नै फरार भइसकेकी थिइन् । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको थियो । तर, उनी भन्दै फरार भएर संसदमा बिरामी भएको जानकारी गराएकी हुन् ।

Share News