भोटेकोशी नदीमा ठूलो बाढी, नेपाल-चीन जोड्ने मितेरी पुलसहित दर्जनौं गाडी बगायो

काठमाडौं । भारी वर्षासँगै भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँग दर्जनौं सवारी साधन बगाएको छ । 

सोमबार राति आएको बाढीले नेपाल–चिन जोड्ने पुल बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यससँगै रसुवा हुँदै चीनसँग मार्ग विच्छेद भएको छ ।

यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जनाएको छ । साथै, ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर)लाई पनि बाढीले बगाएको हुन सक्ने आशंका गरिएको छ । तर, त्यसको पुष्टि भने हुन सकेको छैन । 

गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरे (रसुवा) मा भोटेकोसी नदीको पानीको सतह ३.१५ देखि अत्यधिक बढेको जनाएको छ । साथै पहिरो पनि गएको जानकारी प्राप्त भएकाले सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

Share News