११ जना उद्धारकर्मी नै फसे, हाइड्रोका कर्मचारी उद्वारकाे पर्खाइमा

काठमाडौं । नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

 उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वारा गर्न जाने क्रममा का बताए । 

हेलिकप्टरमार्फत उनीहरूको उद्वारा गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्यायो भन्ने सम्बन्धमा  तथ्याङ्क सङ्कलन भइरहेको पनि उनले जानकारी दिए । 

यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारकाे पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।

Share News