वस्तु काठमाडौं सम्पर्क समाजको बीसौँ वार्षिकोत्सव सम्पन्न, ६ जना विद्यार्थी सम्मानित

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका-५ बाट काठमाडौंमा आएर बसोबास गर्ने बस्तेलीहरूको साझा संस्था वस्तु काठमाडौं सम्पर्क समाजले आफ्नो बीसौँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

समारोहमा समाजबाट विभिन्न क्षेत्रमार्फत योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । हालै उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नियुक्त भएका लालबहादुर कुँवरलाई विशेष सम्मान गरिएको समाजले जानकारी दिएको छ ।

त्यसैगरी, हालै प्रकाशित एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गरेका ६ जना विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । अध्ययनमा उत्कृष्टता हासिल गरेका ती विद्यार्थीहरूलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले कार्यक्रममै सम्मान गरिएको हो ।

कार्यक्रममा तीनजना जेष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो । वस्तु समाजले आफ्नो स्थापनादेखि नै सामाजिक एकता, सहयोग र सम्मानको संस्कृतिलाई प्राथमिकता दिँदै आएको बताइएको छ ।

Share News