एनआरएनए नर्वेमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको उपाध्यक्ष पदका लागि सदस्य हरिकृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत दुई वर्षदेखि एनसीसी नर्वेमा सदस्यका रूपमा सक्रिय रहेका काउबोयले संस्थामा पारदर्शिता, विधानको सम्मान र सदस्यप्रतिको उत्तरदायित्वलाई आफ्नो कार्यको मूलमन्त्र बनाएको उल्लेख गरेका छन् ।

'मेरो सेवा यात्रा साधारण सुरुवातबाट सुरू भए पनि मैले सधैं संस्थाको विधि र सदस्यहरूको हितलाई केन्द्रमा राखें,' उनले भने ।

अब उपाध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै उनले भने, 'संस्थालाई अझ बढी उत्तरदायी, समावेशी र विश्वासिलो नेतृत्व आवश्यक छ भन्ने महसुसले मलाई यो निर्णयमा पुर्यायो ।'

उनले आगामी कार्यकालमा संस्थाको पारदर्शिता, सदस्यहरूको सहभागिता र नीतिगत सुदृढीकरणमा जोड दिने बताएका छन् ।
 

Share News