काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिका ५ बस्तुमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय मनिदेबी बिकको घरमा आगलागी हुँदा सुस्त मनस्थिति भएकी पच्चीस वर्षिया जुना बिकको मृत्यु भएको हो ।
बिहान पाँच बजेतिर आगलागी भएको बस्तुका वार्ड अध्यक्ष केशवराज भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार अहिले आगो नियन्त्रणमा आइसकेको छ ।
घर भित्र रहेका सबै समान जलेका छन । क्षतिको विवरण तयार पार्ने काम भइरहेको छ अध्यक्ष भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय बस्तुका प्रहरी र वार्ड अध्यक्ष भण्डारीको नेतृत्वमा घटनास्थल पुगेका उद्धारकर्ताहरुले एक घण्टामै आगो नियन्त्रणमा लिएको भण्डारीले बताए ।