काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै अनुसन्धान हुनुपर्ने माग गर्दै उजुरी दर्ता भएको छ ।
सिन्धुली कमलामाईका युवराज पौडेलले आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् ।
पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता अनि नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानबिन गरी कारवाहीको माग गरेका हुन् ।
‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु,’उजुरीमा लेखिएको छ ।
राईविरुद्धको उजुरी ‘सी- ००३४९८ नम्बरमा दर्ता भएको छ ।