काठमाडौं । सत्तारूढ गठबन्धनभित्रको समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा एमाले र कांग्रेस दुवै पक्षका शीर्ष नेताहरू सहभागी छन् ।
बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री ओलीसँगै एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
कांग्रेस पक्षबाट सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, बागमती प्रदेश सरकारको संरचना, र पछिल्लो राजनीतिक अवस्था सम्बन्धी विषयमा कुराकानी भइरहेको छ ।
सत्तारूढ गठबन्धनभित्र देखिएको असमझदारी समाधान गर्ने प्रयासस्वरूप शीर्ष नेताहरूबीच आजको भेटवार्ता महत्त्वपूर्ण मानिएको छ ।