काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घट्दा डिजल र मट्टितेलको मूल्य भने बढेको छ ।
डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५९, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५०, हवाई इन्धन प्रतिलिटर १ सय २८ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ । 