काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्छ,’ आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको स्पष्ट गर्दै नेता बानियाले भने ।