देशका केही स्थानमा वर्षा, यी जिल्लाका खोलामा जल सतह सतर्कता तह पार गर्दै

काठमाडौं । देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जल सतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
 
भक्तपुरको हनुमन्ते खोला कौशलटार जल मापन केन्द्रको जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रमा रहेका र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सावधानी अपनाउनु जरुरी छ ।

रुकुम पश्चिमको ठूलो भेरी, रिम्ना जल मापन केन्द्रको जल सतह सतर्कता आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेकाले बिहानसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

यस्तै, म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मङ्गलाघाट जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन विभागले मध्यरातमा सूचना जारी गर्दै आम जानकारी गराएको छ ।

Share News