महाकालीमा बहाव बढेपछि​​​​​​​ वनवसा पुलमा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं । कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत जोड्ने नदीमाथिको वनवसा पुलमा ४ पाङ्ग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत् राखिएको छ ।

सोमबार बिहान नदीमा पानीको बहाव १ लाख क्युसेकमाथि पुगेपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

उनका अनुसार सोमबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहावमा वृद्धि भएर १ लाख ६८ हजार ३४४ क्युसेक पुगेको थियो । बेलुका ८ बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ९ हजार ९८० क्युसेक प्रहरी नायब उपरीक्षक सागर बोहराले उल्लेख गरे । 

उनका अनुसार नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।  

Share News