३८ हजार नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौं । ३८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित दुई जना युवक सुनसरीबाट पक्राउ परेका छन् । उनीहरू भारतबाट नक्कली नोट लिएर नेपाल प्रवेश गर्ने क्रममा सीमाबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही पालिकाको वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् । दुवै जनालाई कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्ट नजिकबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनीहरू लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट १ हजार रुपैयाँ दरका ३८ थान नक्कली नोट, अर्थात् ३८ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट बरामद गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।

Share News