चौथो वरीयतामा रहेकालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट पेस गरेका छन् ।

संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश  डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै त्रिपाठीले रिट पेस गरेका हुन् ।

यसरी सिफारिस गर्दो यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर उनले रिटमा गरेका छन् ।

अहिले उक्त रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतको प्रशासनले जनाएको छ ।

संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । 

प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ ।

Share News