नाउपाको अध्यक्ष रञ्जिता नै हुन् : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष पदमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । 

पार्टीको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै भएकाले अन्य व्यक्तिले बोलाएको भेला र निर्णयलाई मान्यता दिन नमिल्ने आयोगले जनाएको हो ।

पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षले रञ्जितालाई अध्यक्ष पदबाट हटाई रेशमका बुवा लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । 

Share News