रविजीलाई कैदीबन्दीले पाउने सुविधाबाट वञ्चित गरिएको छैन, सानै भएपनि अलग्गै कोठामा राखिएको छ : लेखक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधानबाट वञ्चित नगरिएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।

लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ कि भनेर सोध्ने गरेको पनि उनले बताए ।

उनले भने, ‘माननीय रवि लामिछानेजी रुपन्देही जिल्लाको कारागारमा हुनुहुन्छ । मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा उहाँले पनि पाउनु भएको छ । उहाँलाई सानै भएपनि अलग्गै कोठामा राखिएको छ । उहाँलाई लगातार त्यहाँको कारागारको प्रशासनले केही समस्या छ कि, केही गर्नुपर्छ कि भनेर सोधेकै अवस्था छ । उहाँलाई विशेष सुविधा दिइएको छ भन्ने पनि होइन ।’

उनले कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको पनि बताए ।

Share News