काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिबाटै भएको सरकारी अध्ययनबाट देखिएिको छ ।
जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रूपमा भन्दा पनि जहाज दुर्घटना मानविय त्रुटिबाटै भएको निष्कर्ष निकालेको छ ।
सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले आज प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा यसबारे जानकारी दिँदै जहाज दुर्घटनाको कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेज्डमेन्ड सिस्टमका बारेमा धेरै अध्ययन गरिएको बताए ।
उनका अनुसार एयरपोर्टबाट जहाज उड्न थालेपछि ट्याक्सी वेबाट जहाज मेन रनवेतर्फबाट जहाज कोटेश्वरतर्फ उडेको देखिन्छ । त्यसपछि १८० डिग्री मोडिएर त्यहाँ इन्जिनलाई टेकअप गरेको देखिन्छ । त्यसपछि जहाज दुर्घटना भएको देखिन्छ ।
१९ जना यात्रुमध्ये १ जना क्याप्टेनमात्रै जीवित थिए । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्यापटेनको अवस्था चिन्ताजनक रहेको थियो ।
सुमानका अनुसार कोपाइलटले पनि यही जहाजबाटै करिअर स्टार्ट गरेको देखिन्छ । कोपाइलट १८ सय २४ घण्टा र यो जहाजमा १६ सय २ घण्टा कोपाइट उडेको देखिन्छ ।
दुर्घटना भएको जहाज उड्दा उनी थकित देखिँदैनन् । नागरिक उड्डयनको नियमअनुसार महिनामा १०० घण्टा र वर्षमा १००० घण्टा भन्दा बढी उड्न पाइँदैन । त्यसैले दुर्घटनामा परेका पाइलट, को–पाइलटले कडा ड्युटी गरेको अध्ययनबाट नदेखिने सुमनले बताए।
उनका अनुसार दुर्घटनाग्रस्त जहाज क्यानडामा बनेको जहाज थियो । २००३ मा निर्माण भएको उक्त जहाजमा दुईवटा इन्जिनहरु थिए । यो जहाज दुर्घटना हुँदा मौसम एकदमै ठिक रहेको थियो । दुर्घटनामा मौसमको कुनै पनि भूमिका देखिँदैन ।
जहाजमा त्यस्तो खालको टेक्निकल खराबीहरु देखिँदैन ।
कुनैपनि सिस्टममा जहाज दुर्घटनाका क्रममा खराबी भएको नदेखिने जाँझबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगका अध्यक्ष सुमनका अनुसार जहाजमा चढेका धेरैजसो यात्रुले सिट बेल्ट नबाँधेको देखिन्छ ।
सीसीटीभी फुटेजहरु हेर्दा ४० सेकेण्डमै दमकल आगलागी भएको ठाउँमा पुगेको देखिन्छ । तर दुर्घटनाग्रस्त क्षेत्रमा खाल्डो भएका कारण दमकलले सडकका लागि पहुँच पाएन । नजिकको कपिट भएको ठाउँमा गएर दमकले आगो निभाएको अध्ययनबाटै देखिन्छ । कन्फर्टेवल बाटो नभएका कारण रेसक्युमा ढिला भएको देखिएको छ ।