काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्की र सचिवसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दर्ता भएको हो ।
अख्तियारले सोही मुद्दामा पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी,सुरेश आचार्यसहितलाई विपक्षी बनाएर बिगो दावी गरेको छ ।
पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीसहित ४ पूर्वसचिवहरूबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रुपैयाँ बिगो दाबीसमेत गरिएको छ।