काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकलेउपभोग दस्तुर स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कार र भ्यानको काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तोकिएको जानकारी दिए।
यसैगरी, मिनी बस र ट्रकको काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ, बस र ट्रकको काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, भारी उपकरणको काठमाडौं आउँदा ६०० र जाँदा २ हजार ५०० शुल्क तोकिएको छ ।
‘एआई नीति, २०८२’ स्वीकृत हुने, यी हुन् मन्त्रिपरिषदका निर्णय