काठमाडौं । सरकारले रवि लामिछानेलाई कारागार सार्न तयार भएको छ । सरकारले रास्वपा सभापति लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि नै कारागार सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए । तर, सरकारले उनको माग सम्बोधन गरेको थियो । धेरैले उनलाई सरकारले अन्याय गरेको धारणा राखेका थिए ।
उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् । उनलाई अब नक्खु कारागार ल्याइने भएको हो । अहिले रुपन्देही-३ को चुनावको समय नजिकिँदै गर्दा उनी कारागार सरुवा हुने भएका हुन् । यसलाई धेरैले सो चुनावसँग जोडिरहेका छन् ।
उनी रुपन्देहीमा हुँदा रास्वपालाई राहत नै हुने विश्लेषण भए पनि अब उनी नक्खुमा हुनेछन् । यसले रास्वपाको चुनावी माहोलमा के कस्तो प्रभाव पर्ला भन्ने विषय नतिजाले नै देखाउनेछ ।