काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ ।
लामिछानेको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरूको टोली कारागार लगिएको थियो ।
सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए। त्यही क्रममा सभापति लामिछानेकाे स्वास्थ्यमा समस्या देखिएको आशंकामा रगत परीक्षण गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
दुई दिनअघि मात्रै लामिछानेलाई भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उनलाई करिब ४ सय कैदीबन्दी राखिएको एक ब्लकमा राखिएको छ ।