सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनिसक्नुभयो : हर्क सम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीको खम्बा बनेर जोडिइसकेको बताएका छन् ।  

हर्क र सुदनबीचको एकतालाई लिएर आइरहेका विभिन्न अफवाहलाई चिर्दै उनले किराती पार्टीमा जोडिइसकेको बताएका हुन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै साम्पाङले लेखेका छन्, ‘सुदन किराती ज्यु श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो, त्यो भनेर अफवाह नफैलाउनू ।’

Share News