विवादित छविका दुर्गा प्रसाईंले पार्टी खोल्ने, नेपालीले मात्रै नेपालमा लगानी गर्न पाउनुपर्ने एजेण्डा

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् ।

प्रसाईंले परिस्थितिले राजनीतिमा आउनुपरेको बताए ।

‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो । म राजनीति गर्ने मान्छे होइन । हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्नेछौं,’उनले भने ।

प्रसाईंले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताए। 

देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमानसहितको पार्टी छिट्टै घोषणा हुने उनले जानकारी दिए । 

यस्ता छन् उनका एजेन्डा :

नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपालीले नै गर्ने हो

बौद्ध किरातसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना गर्ने हो

प्रदेश संरचना खारेजी, ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था

नेपालमै युवालाई सीपअनुसार कामको व्यवस्था

खाडीका जेलमा रहेका युवालाई नेपालमा फर्काउने

भुइँ मानिसले लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा

२० लाखमाथि मध्यमवर्गीय व्यापारीको ऋण २५ वर्ष समयावधि राखेर ५ प्रतिशत व्याजमा तिर्न पाउने व्यवस्था

सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने व्यवस्था

६५ वर्ष पुगेका नागरिकलाई निस्शुल्क उपचार र मासिक १० हजार भत्ता

२०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्ने

निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकको तलब मासिक १ लाख

Share News