रविलाई भेटेपछि प्रचण्डले भने- उहाँ त दुब्लाउनु भएछ

फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछानेसँग भेट गर्न नख्खु कारागार पुगेका छन् ।

ललितपुरस्थित कारागारबाट बाहिर निस्किएपछि सञ्चारमाध्यमको प्रतिक्रियाको क्रममा प्रचण्डले लामिछाने दुब्लाएको बताए ।

उहाँ (रवि)जीको भैरहवाको बसाइको स्थिति जटिल नै रहेछ । दुब्लाउनु भएछ । यहाँ बसाइ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो । भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंशा गर्नु भयो,’ उनले भने ।

प्रचण्डले आफ्नो क्याबिनेटमा लामिछाने गृहमन्त्री भएकाले अभिभावकको हिसाबमा भेट्न गएको पनि बताए ।

‘उहाँ मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ। अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वभाविक नै हो,’उनले भने ।

Share News