पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर । त्रिभुवनराजपथको हेटौँडा-काठमाडौं खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा-काठमाडौं खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

Share News