जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा जलवायु विश्लेषणजस्ता सेवाको स्तरोन्नति गरिने बताएका छन् । 

उनले आज (बुधबार( जल तथा मौसम विज्ञान विभागको स्थलगत अनुगमन गरेका थिए। सो क्रममा मन्त्री श्रेष्ठले विभागको वस्तुस्थितिका बारेमा अवलोकन पनि गरेका थिए । 

उनलाई विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागको कामहरूबारे जानकारी गराएकी थिइन्। 

उनले विभागको पछिल्लो पूर्वानुमान प्रभावकारी भएको र अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। 

Share News