सरकारले भारतबाट ४० हजार मेट्रिक टन गहुँ आयात गर्ने

काठमाडौं । नेपाल सरकारले गहुँ आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्गर्ततको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्ने भएको हो । 

भारत सरकारबाट भारतीय कम्पनी नेशनल कोअप्रेशन एक्सपर्ट कम्पनीमार्फत नेपालले ४० हजार मेट्रिक टन गहुँ (एचएस कोड १००१) आयात गर्ने जनाएको छ । गहुँ आयात गर्न इच्छुक व्यवसायी फर्मले आयात गर्न माग गरेको परिमाण स्पष्ट खुलेको निवेदन पेश गर्नुपर्नेछ । 

यस्तै, आयात गर्ने इजाजत प्रमाणपत्र, प्यान तथा भ्याट दर्ता, कम्पनी नवीकरण, आर्थिक वर्ष २०८०÷८१ को कर चुक्ताको प्रमाणपत्र र आयातका लागि नेशनल कोअप्रेशन एक्पोर्टलाई शतप्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने हुँदा वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्नेछ । 

Share News